​२०७५ चैत ११ गतेको राशीफल

Newslaya Home

​२०७५ चैत ११ गतेको राशीफल

सोमबार ११, चैत २०७५

मेष । मानसिक चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । साँझमा पैशा खर्च हुने योगछ । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

बृष । मनमा उत्साहका साथै बोली बिक्ने समयछ । प्यारोसाथी संग भेट होला । शुभ समाचार सुन्न पाइएला । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।

मिथुन । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । नयाँ कार्यको थालनी होला ।

कर्कट । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मधुरता छाउला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ ।साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

सिंह । अरुको भर पर्दा धोका पाइनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पतत्ती राउने वा नष्ट होला । साना तिना समस्यामा अल्झिनुपर्ने हुन्छ ।

कन्या । नयाँ कार्यको थालनी हुनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । महिला वा मित्र बाट सहयोग मिल्नेछ ।

तुला । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । पार्टनरबाट सहयोग मिल्नेछ ।

बृश्चिक । मनोरञ्जनमा सहभागीता भइएला । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । मान प्रतिष्ठामा बृद्धि होला । आकस्मिक धन लाभ हुनेछ ।

धनु । महत्वपूर्ण अवसर गुम्न सक्छ । अनावश्यक झमेलामा परिएला । चुनौतीको सामना गर्नुपर्ला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।

मकर । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । पार्टनरमा सफलता मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ ।

कुम्भ । नजिकको मित्रसँग भेटघाट हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण होला । पठनपाठनमा प्रगती हुनेछ । दिनको उत्तरार्धमाभने खर्च बढ्नेछ ।

मीन । चिताएको कामले तीव्रता लिनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।