​​२०७५ माघ २० गते आइतबारको राशीफल

Newslaya Home

​​२०७५ माघ २० गते आइतबारको राशीफल

आइतबार २०, माघ २०७५

मेष – हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । प्रेमी तथा आफन्तको सहयोग प्राप्त हुनेछ ।
 
वृष – चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।
 
मिथुन – अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । व्यवसायमा मन्दी आउनेछ । मनमा निरासा र शरीरमा आलस्य आउला । गरेका कार्यमा बाधा आउनेछ ।
 
कर्कट – जोश जाँगर र हिम्मत बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।
 
सिंह – नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शत्रु क्षय होलान् ।
 
कन्या – शुभारम्भको चर्चा चल्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला ।
 
तुला – महत्वपूर्ण अवसर गुम्न सक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । यात्रामा मालसामान हराउन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ ।
 
वृश्चिक – पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । रोमाञ्चक यात्रा होला ।
 
धनु – लाभदायक यात्रा हुनेछ । परिवार संग रमाइलो भेटघाट रहला । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
 
मकर – जोश जाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
 
कुम्भ – राजनैतिक कार्यमा बाधा आउनेछ । सानातिना समस्यामा अल्झिनुपर्नेछ । मुद्दा मामिला आइलाग्नेछ । प्रेममा मनमुटाव रहला ।
 
मीन – वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाईएला । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ ।