​२०७५ माघ १६ गते बुधबारको राशीफल

Newslaya Home

​२०७५ माघ १६ गते बुधबारको राशीफल

बुधबार १६, माघ २०७५

मेष – नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।
वृष – महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । सामाजिक कार्यमा मन जाला । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

मिथुन – लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । शुभ तथा अशुभ समाचार सुनिएला । मित्र संग मीठो भेट–घाट रहला ।

कर्कट – परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । विद्यामा सफलता पाइएला । नयाँ कामको थालनी हुनेछ ।

सिंह – सामान हराउने वा चोरी हुने भयछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । पारिवारीक झमेला आउला । कुविचारमा मन जानेछ ।

कन्या – सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

तुला– क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । अभिभावकको सुझावले उचाइमा पुर्योउन सहयोग गर्नेछ । प्रेमीको सहयोग पाईनेछ ।

वृश्चिक – शुभकार्यको चर्चा चल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । भेटघाट र मनोरञ्जनमा सहभागीता भइएला । वैदेशिक कार्य अघी बढ्नेछ ।

धनु – चिन्ता बढ्नेछ । कार्य सम्पादनमा समस्या आउला । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ ।

मकर – धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । मिष्ठान्न भोजन मिल्नेछ । व्यवसायबाट लाभ होला । प्रीय व्यक्तिसंग भेट घाट होला ।

कुम्भ –  शत्रु पराजित हुनेछन् । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । प्रेम तथा दाम्पत्य जीवन जीवन सुखमय रहनेछ ।

मीन – धार्मिक यात्राको योग छ । व्यापार व्यवसायमा फाईदा होला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाहान सुख मिल्नेछ ।