बिराटचौकमा आधा दर्जन बढी ट्रिपरमा आगजनी, स्थानीय प्रशासनद्वारा निषेधाज्ञा जारी

Newslaya Home

बिराटचौकमा आधा दर्जन बढी ट्रिपरमा आगजनी, स्थानीय प्रशासनद्वारा निषेधाज्ञा जारी

सोमबार १४, माघ २०७५

मोरङ । मोरङ्गको बिराटचौकमा आज (सोमबार) बिहान ट्रिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि  स्थानीयले केही ट्रिपरमा आगजनी गरेका छन् । ट्रिपरको ठक्करबाट ११ बर्षीया बालिका लक्ष्मी ढकालको मृत्युपछि  आक्रोसित भएका स्थानीयले हालसम्म आधा दर्जन बढी ट्रिपरमा आगजनी गरिसकेका छन् । 

आगजनी नियन्त्रणका लागि पुगेका दमकलहरुलाई स्थानीयले अवरोध गरेका छन् । आगजनीका कारण सबै ट्रिपर काम नलाग्ने बताइएको छ । 

स्थानीयले मृतक बालिकाको शव बिराटचोकदेखि दक्षिण शान्तिटोल सिसौघारीमा राखेर प्रदर्शन गरिरहेका छन् । स्थिती नियन्त्रण बाहिर गएपछि स्थानीय प्रशासनले अहिले बिहान ११ बजेदेखि निषेधाज्ञा जारी गरेको छ ।

सो ठाउँमा हरेक महिना जस्तो ट्रिपरको ठक्करबाट स्थानीयको ज्यान जान थालेपछि स्थानीय आक्रोशित भएका हुन् ।

सुन्दरहरैंचामा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु, टिपरमा आगजनी