​​गुगलमाथि इतिहासकै ठूलो जरिवाना, यस्ता छन् आरोप

Newslaya Home

​​गुगलमाथि इतिहासकै ठूलो जरिवाना, यस्ता छन् आरोप

शुक्रबार ०४, साउन २०७५

​बीबीसी । सूचना प्रविधि कम्पनीले गुगलमाथि इतिहासकै ठूलो जरिवाना लगाएको छ । मोबाइल अपरेटिङ सिस्टम एन्ड्रोइडमाथि ४ अर्ब ३४ करोड युरो जरिवाना भएको हो ।

इन्टरनेट सर्चमा आफ्नो प्रभुत्व कायम गर्नका लागि अवैधानिक रुपमा प्रयोग भएको अभियोगमा युरोपेली आयोगले गुगलमाथि जरिवाना गरेको हो । आफ्नो यस्तो नाफाखोरी व्यवसायिक गतिविधि परिवर्तन गर्न युरोपेली आयोगले गुगललाई ९० दिनको समयसीमा दिएको छ ।
उता गुगलले भने आयोगको उक्त निर्णयको पुनरावेदन गर्ने जनाएको छ ।

यसअघि आयोगले गुगलमाथि तुलनात्मक सपिङ सर्भिस सम्बन्धी एक छुट्टै मुद्दामा २ अर्ब ४० करोड युरो जरिवाना गरेको थियो ।

आयुक्त वेस्टेगरको टोली गुगलविरुद्धको अर्को अनुसन्धानमा पनि जुटेको छ जसमा गुगलको विज्ञापन प्लेसिङ्ग बिजनेस ‘एडसेन्स’ शंकाको घेरामा छ ।