​‘झमकबहादुर’ को पोष्टर सार्वजनिक, यस्ता देखिए अनुप

Newslaya Home

​‘झमकबहादुर’ को पोष्टर सार्वजनिक, यस्ता देखिए अनुप

शुक्रबार २९, असार २०७५

चलचित्र ‘झमकबहादुर’को  पोष्टर सार्वजनिक गरिएको छ । 

कमेडी जनराको यो चलचित्रको पोष्टरमा नायक अनुप विक्रम शाहीलाई फरक शैलीमा देखाइएको छ । उनको साथमा चलचित्रमा यादव देवकोटा, राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, राजन महर्जन, सुजाता थापाको मुख्य भूमिका रहेको छ ।

ओम सुनारको संगीत रहेको यो चलचित्रमा राजु किरात राइको एक्सन छ भने चलचित्रलाई  भिम कटुवालले निर्देशन गरेका हुन्।  मिन कुमार तामाङले निर्माण गरेको यो चलचित्रमा कुमार डल्लाकोटीको सह–निर्माण छ । 

चलचित्र साउन १८ गतेबाट रिलिज हुदैछ ।