​नआउने भए सलमान खान नेपाल, ठगेको भन्दै कार्यक्रम आयोजक पक्राउ

Newslaya Home

​नआउने भए सलमान खान नेपाल, ठगेको भन्दै कार्यक्रम आयोजक पक्राउ

शुक्रबार २९, असार २०७५

काठमाडौँ । बलिउड अभिनेता सलमान खान नेपाल नआउने भएपछि कार्यक्रम आयोजक ओडीसी इन्टरटेनमेन्टका अध्यक्ष सिमान्त गुरुङ पक्राउ परेका छन् । नेपाल ल्याउने भन्दै पाँच हजारभन्दा बढी टिकट बिक्री गरेर लाखौं ठगी गरेको अभियोगमा गुरुङ पक्राउ परेका हुन् ।

सलमानलाई काठमाडौंको टुँडीखेलमा ल्याएर कार्यक्रम गर्ने भन्दै लाखौं ठगी गरेका गुरुङलाई लाजिम्पाटबाट नियन्त्रणमा लिइएको महानगरिय अपराध महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहले जानकारी दिए ।  

विप्लव नेतृत्वको नेकपाको धम्की र कालो हरिणको शिकार गरेको मुद्दामा जोधपुर अदालतले खानलाई पाँच बर्षको जेल सजाय सुनाएसँगै सलमानको नेपाल भ्रमण टरेको थियो । 

तर, आयोजक ओडिसीका अध्यक्ष गुरुङले सलमान नेपाल आउने कम्फर्म हो भन्दै ढाँटेर पैसा उठाइरहेका थिए ।

गुरुङले सलमान ल्याउने भन्दै ५ हजार देखी २० हजारसम्मको टिकट बिक्री गरेको बताइएको छ ।

केही समयअघि अभियुक्त गुरुङले तीन हजार देखि पाँच हजार दरको टिकट बिक्री भएको बताए पनी ५ हजार देखि २० हजारसम्मको टिकट बेचेर करोडौँ उठाएको पाईएको प्रहरीले जनाएको छ ।