​चलचित्र कायराको नयाँ गीत सार्वजनीक (भिडियोसहित)

Newslaya Home

​चलचित्र कायराको नयाँ गीत सार्वजनीक (भिडियोसहित)

शुक्रबार २९, असार २०७५

काठमाडौं । चलचित्र ‘कायरा’को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। कोशिस क्षेत्रीको शब्द संगीत र केतन क्षेत्रीको स्वरमा चलचित्रको ‘सुखमा तिमीसँगै हाँसुु’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

भिडियोमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री सामाग्री राज्य लक्ष्मी शाहले अभिनय गरेका छन् । 

चलचित्रका  निर्देशक लक्ष्मण रिजाल हुन् । चलचित्रमा  आर्यन र सामाग्रीसँगै शिशिर राणा, हितेश शर्मा, र मरिश्का श्रेष्ठ लगायतको अभिनय रहेको छ । चलचित्र साउन १८ गते देखि प्रदर्शन हुने जनाइएको छ ।