छोरी सारासँग एउटै पर्दामा देखिँदै सैफ अलि खान

Newslaya Home

छोरी सारासँग एउटै पर्दामा देखिँदै सैफ अलि खान

शुक्रबार २९, असार २०७५

काठमाडौं । बलिउड अभिनेता सैफ अलि खान आफ्नी छोरी सारा अलि खानसँग फिल्ममा देखिने भएका छन् । सारा यतिखेर फिल्म ‘केदारनाथ’बाट बलिउडमा डेब्यु गर्ने तयारीमा छिन् । उक्त चलचित्रमा सारा सुसान्त सिंह राजपुतसँग अपोजिटमा देखिन्दै छिन् ।

यस्तै, यति बेला सारा आफ्नो बुबा सैफसँग पारिवारिक कथामा आधारित फिल्म ‘फिल्मीस्तान’मा देखिने भारतीय मिडियाले उल्लेख गरेको छ । जसमा सैफ र सारा बुबा–छोरीको भूमिकामा देखिने छन् । पोस्ट प्रोडक्सनको काम भइरहेको सामाजिक कथामा आधारित चलचित्रलाई नितिन ककडले निर्देशन गर्दै छन् ।