​सरकारी बजेट थन्क्याएर दाताको खर्चमा सांसदलाई तालिम

Newslaya Home

​सरकारी बजेट थन्क्याएर दाताको खर्चमा सांसदलाई तालिम

बुधबार २३, जेठ २०७५

काठमाडौं । संसद् सचिवालयले दाताको बजेटमा संघीय संसद्का सांसदलाई संसदीय प्रक्रियाबारे प्रशिक्षण दिने भएको छ ।  सरकारी बजेट थन्क्याएर सचिवालयले दाताको बजेटमा संघीय संसद्का ३ सय ३४ सांसदलाई संसदीय प्रक्रियाबारे प्रशिक्षण दिने भएको हो ।

सचिवालयले संसदीय प्रशिक्षण शीर्षकमा ३७ लाख ५० हजार रुपैया बजेट छुट्याएर पनि राष्ट्रंघीय विकास कार्यक्रम युएनडीपि को लगानीमा नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा दुईदिने प्रशिक्षण दिन लागेको बताइएको छ । 

बुभबार सुरु हुने प्रशिक्षणमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सबै सांसदलाई सहभागी गराउन लागिएको छ ।  प्रशिक्षण आयोजक संसद् सचिवायलय भनिए पनि सम्पुर्ण खर्च युएनडिपीले बेहोर्ने जानकारी श्रोतले जनाएको छ  ।