​१५ करोड भन्दा बढी लिएर इटहरी सिंहदेवी ज्वेलर्सका सञ्चालक फरार

Newslaya Home

​१५ करोड भन्दा बढी लिएर इटहरी सिंहदेवी ज्वेलर्सका सञ्चालक फरार

सोमबार २१, जेठ २०७५

इटहरी । इटहरी २० स्थिीत सिंहदेवी ज्वेलर्सका सञ्चालक दीपक गजमेर १६ करोण भन्दा बढी रकम लिएर फरार भएकाछन् । अहिले उनको विरुद्धमा इलाका प्रहरी कार्यालय इटहरीमा धमाधम उजुरी पर्न थालेको छ । 

केही समय अगाडी काठमाडौँ बाट आएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो  ( सिआइबि ) ले इटहरीका धेरै सुन पसलमा छापा हान्यो । तर त्यस बेला पनि  उनी निर्धक्क बचत सङ्कलन गरिरहेका थिए । इटहरीमा सञ्चालित सुन पसल र इन्भेस्टमेन्ट कम्पनीको अनुगमन गरेको सिआइवि को टोलीले गजमेरको पसलमा भने कुनै कारोबारी गर्न सकेन । 

यस भन्दा अगाडी पनि इलाका प्रहरी कार्यालय इटहरीलाई बारम्बार जानकारी गराउँदा समेत कुनै सुनुवाइ नभएको पीडितको आरोपछ । 

सबै भन्दा धेरै रकम जितेन्द्र पोख्रेलको रहेको छ । उनको परिवारको सहित ५८ लाख रुपैयाँ लिएर गजमेर फरार भएका छन् । 
त्यस्तै दैनिक बचत गर्नेहरुको न्यूनतम ३० हजार देखी सापट भनेर लगेको ४० लाख रुपैयाँ सम्म रहेको छ । इटहरी २० कै राजेन्द्र राईको १९ लाख रुपैयाँ गजमेरले सापटी भनेर चलाएका थिए । 

उनी हाल फरार अवस्थामा छन् । आजै मात्र उनको विरुद्धमा ४ सय जना भन्दा बढीले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दर्ता गराएकाछन् । 

गजमेरले दैनिक बचत समेत सञ्चालन गर्न गरेको र धेरै ब्याज दिने भन्दै प्रलोभनमा पारेर रकम जम्मा गर्ने गरेको प्रहरीको भनाएको छ । 

अहिले सम्म आएको निवेदनको आधारमा कारबाही प्रक्रिया अगाडी बढाइने इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक शिव कुमार श्रेष्ठले बताएकाछन ।

 उनका अनुसार सुन पसलले दैनिक बचत गर्नु गैरकानुनी भएको भन्दै यसलाई वितिय अपराध अनुसार कारबाही प्रक्रिया अगाडी बढाइने भएको छ । अभियुक्त भनिएका गजमेर अझै फरार भएकोले आजै बाट खाजीकार्य तीव्र पारिएको उनको भनाइछ ।