हेटौंडाको कपडा उद्योग सञ्चालनमा ल्याइने : प्रधानमन्त्री ओली

Newslaya Home

हेटौंडाको कपडा उद्योग सञ्चालनमा ल्याइने : प्रधानमन्त्री ओली

सोमबार २१, जेठ २०७५

हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले हेटौंडाको कपडा कारखाना सञ्चालनमा ल्याउने बताएका छन् ।

सोमबार प्रदेशसभा ३ को बैठकमा बोल्दै ओलीले नयाँ मेसिन ल्याएर कपडा उद्योग सञ्चालनमा ल्याउने बताएका हुन् । 

कपडा उद्योग सरकारले मात्र चलाउँदा त्यसले प्रतिफल नदिने भएकाले प्राइभेट सेक्टर (निजी क्षेत्र)लाई पनि प्राथमीक्ता दिने ओलीले  बताए । ‘सरकारी मात्र भयो भने घाँस हाल्ने कोही हुँदैन दूध खाने मात्र हुन्छ’ उनले भने ।

ओलीले नेपालमा सिमेन्ट उत्पादन गरेर भारत निर्यात गर्न सकिने बताए । भारतका धेरै राज्यमा चुनढुंगा खानी नभएकाले मूल्यमा भारतले नेपालसँग प्रतिस्पर्धा गर्न नसक्ने ओलीले दावी गरे ।