सुनको मूल्य निरन्तर घट्दो !

Newslaya Home

सुनको मूल्य निरन्तर घट्दो !

आइतबार २०, जेठ २०७५

काठमाडौं । सुनको मूल्य पछिल्लो केही दिनदेखि निरन्तर घट्दै गएको छ । साताको पहिलो कारोबारको दिन छापावाला सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भएको छ ।

तेजावी सुनको मूल्य पनि प्रतितोला चार सय रुपैयाँले घटेर ५७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, आइतबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर तोलाको ७ सय ६० रुपैयाँमा कारोबार भएको छ ।