​फेरी बढ्यो इन्धनको मूल्य

Newslaya Home

​फेरी बढ्यो इन्धनको मूल्य

आइतबार २०, जेठ २०७५

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य पुन बृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३–३ रुपैयाँ वृद्धि गरेकोे हो ।

पेट्रोल लिटरमा ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ ।

भारतीय आयल कर्पोरेशन (आईओसी)ले शुक्रबार नयाँ मूल्यसूची पठाएको थियो ।

यो मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १.५९ रूपैया र डिजेलमा ३.४९ रूपैयाँ घाटा छ । ग्यासमा प्रतिसिलिन्डर १३९ रुपैयाँ घाटा रहेको छ ।

निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनमा प्रतिहजार लिटर ७५ डलर रुपैयाँ बढेको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पछिल्लो समयमा लगातार वृद्धि भइरहेको छ ।