​मोटरसाइकलको भाउ कति बढ्यो ?

Newslaya Home

​मोटरसाइकलको भाउ कति बढ्यो ?

बिहीबार १७, जेठ २०७५

काठमाडौं । सरकारले बजेटमार्फत मोटरसाइकलको अन्तशुल्क र सडक दस्तुर बढाएपछि सवारी साधनको भाउ बढ्ने पक्का भएको छ । 

सामान्य मानिसले प्रयोग गर्ने मोटरसाइकलको भाउ ५ हजारदेखि ३० हजारसम्म बढ्ने भएको छ । अलि  महँगा मोटरसाइकलको मूल्य त झन् १ देखि ५ लाखसम्मै बढेको छ ।

नयाँ करका आधारमा सडक दस्तुरकै कारण अब १५० सीसीसम्मका बाइकमा ५ हजार रुपैयाँ मूल्य बढ्नेछ । अन्तशुल्कमा हेरफर गरिए भाउ अझ बढ्नेछ ।

२५० सीसीसम्मका मोटरसाइकलमा ३० हजार रुपैयाँसम्म मूल्य बढ्ने व्यापारीहरु बताउँछन् । त्यसैगरी २५० देखिमाथि ४०१ सीसीसम्मका मोटरसाइकल ५० देखि ७५ हजार महंगो हुनेछ ।

४०१ सीसीभन्दा माथिका मोटरसाइकलको हकमा भने १ लाखदेखि ५ लाखसम्म मूल्य बढ्नेछ । 

ठूला सीसीका बाइकलाई लक्जरी मानेर सरकारले कर बढाएपनि पहाडी बाटोका ठूला सीसीका बाइक जरुरी हुन्छ । ठूला सीसीका बाइकमा कर लगाउँदा मध्यमवर्ग नै मारमा पर्ने देखिन्छ ।