आफ्नै सुनमा पनि कर लाग्न सक्ने

Newslaya Home

आफ्नै सुनमा पनि कर लाग्न सक्ने

बुधबार १६, जेठ २०७५

काठमाडौं ।  सरकारले बजेटमार्फत एक सय ग्राम काँचो सुन महसुल तिरेर ल्याउन सकिने व्यवस्था गरे पनि आर्थिक ऐनमा सुन मात्रै उल्लेख हुदाँ उपयोगमा रहेका गहनामा पनि भन्सार लाग्‍न सक्ने भएको छ।

बिगतमा काँचो सुन पूर्ण प्रतिबन्ध भएतापनि ५० ग्राम सम्म सुनका गहना सहजै ल्याउन सकिने व्यवस्था रहेको थियो। आर्थिक ऐनमा विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको सुनमा पहिलो ५० ग्रामसम्म प्रति दश ग्राम ५ हजार २ सय रुपैयाँ र ५० ग्राम भन्दा बढी थप ५० ग्रामसम्म प्रति दश ग्राम ६ हजार २ सय रुपैयाँ भन्सार लिने व्यवस्था गरेको छ।

यो व्यवस्था अनुसार विदेश जादाँ लगाएको १० ग्रामको सुनको सिक्री लगाएरै नेपाल फर्किदाँ भन्सार कार्यालयले ५ हजार दुई सय रुपैयाँ कर लगाउन सक्ने छ। नेपालबाट विदेश जानेहरुले भन्सार कार्यालयमा आफूले विदेश जादाँ लगाएको सुन नखुलाई गएमा फर्किदाँ उक्त सुनमा समेत कर लाग्‍ने छ।