​फेसबुकद्वारा करोडौं नक्कली एकाउन्ट बन्द

Newslaya Home

​फेसबुकद्वारा करोडौं नक्कली एकाउन्ट बन्द

बिहीबार ०३, जेठ २०७५

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले सन् २०१८ को पहिलो तीन महीनामा ५८ करोड ३० लाख नक्कली फेसबुक एकाउन्ट बन्द गरेको छ । 

करोडौंको सङ्ख्यामा एकाउन्ट रद्द गर्दा समेत सक्रिय मध्ये ३ देखि ४ प्रतिशत अझै नक्कली एकाउन्ट भएको कम्पनीले जनाएको छ । कम्पनीले केही दिन अघि मात्रै प्रयोगकर्ताको तथ्याङ्कको दुरुपयोग सम्बन्धी अनुसन्धान पछि दुई सय एपलाई वेबसाइटबाट निलम्बित गरेको थियो । 

बेलायती राजनीतिक परामर्शदाता तथा विज्ञापन कम्पनी क्याम्ब्रिज एनालिटिकाले करोडौं फेसबुक प्रयोगकर्ताको निजी तथ्याङ्क चोरेको खुलासा भएयता फेसबुकमाथि पहिलाको विश्वास पुनः प्राप्त गर्न र वेबसाइटलाई पारदर्शी बनाउन दबाब बढेको छ ।