​इटहरीमा भित्रियो स्मार्ट मेशिन, यस्तो छ विशेषता

Newslaya Home

​इटहरीमा भित्रियो स्मार्ट मेशिन, यस्तो छ विशेषता

मङ्गलबार ०१, जेठ २०७५

इटहरी । एउटै मेशिनबाट विभिन्न बिल तिर्न सकिने मेसिन इटहरीमा सञ्चालनमा आएको छ । विभिन्न सेवा प्रदायक निकायहरुको विल भुक्तानी गर्न सक्ने डिजीटल प्रविधियुक्त मेशिन इटहरीमा सञ्चालनमा आएको हो । यो मेशिन प्रभु मेनेजमेन्ट प्रालिसंग समन्वय गरी इटहरीका व्यवसायी देवराज मादेनले सञ्चालनमा ल्याएका हुन् ।

उक्त मेशिनबाट टेलिफोन, खानेपानी, नेट, विद्युतको विल भुक्तानीका साथै मोवाइलको रिर्चाज गर्न मिल्ने व्यवसायी देवराज मादेनले जानकारी दिए ।
इटहरीलाई स्मार्ट सिटी बनाउने उद्धेयले पुर्वमा पहिलो पटक इटहरीमा यो मेशिन ल्याएको मादेनले बताए । मादेनका अनुसार सो मेशिनबाट हवाई टिकटका साथै बस टिकट समेत लिन सक्ने व्यवस्था छ ।

मेसिन गोरखा डिपार्टमेन्ट स्टोरको तल्लो तलामा राखिएको छ । डिपार्टमेन्ट स्टोरका पूर्वभरीका विभिन्न स्टोरहरुमा मेसिन राख्ने बताइएको छ । प्रयोग गर्ने तरिकाबारे भिडियो :

1 प्रतिकृयाहरू प्राप्त
  • Rajesh Bhujelलेख्नुहुन्छ
  • |
  • मङ्गलबार ०१, जेठ २०७५
Yo smart machine prayogg purbama kaha kha raakhnu huney yojana garnu vayeko cha?