ह्वाट्सएपले ल्यायो नयाँ फिचर, एप नखोली च्याट गर्न मिल्ने

Newslaya Home

ह्वाट्सएपले ल्यायो नयाँ फिचर, एप नखोली च्याट गर्न मिल्ने

मङ्गलबार २५, बैशाख २०७५

काठमाडौं । फेसबुकले आफ्नो एफ एट कन्फ्रेन्सका अवसरमा ह्वाट्सएप प्रयोगकर्ताका लागि नयाँ फिचर्सको घोषणा गरेको छ ।

विश्वमा करिब ढेड अर्बभन्दा धेरै प्रयोगकर्ता रहेको ह्वाट्सएपमा अब ग्रुप भिडियो कल तथा स्टिकर्स जस्ता फिचर्स रहनेछन् । यसका साथै ह्वाट्सएपले एक नयाँ वेब डोमेन पेश गरेको छ, जसको माध्यमबाट प्रयोगकर्ताले  कसैसँग च्याट गर्नका लागि ह्वाट्सएपको एप खोलिरहनु पर्ने छैन, सिधै इन्टरनेट ब्राउजर बाटै च्याट गर्न मिल्ने व्यवस्था रहेको छ।

समाचार अनुसार ह्वाट्सएपले एक नयाँ डोमेन  wa.me दर्ता गरेको छ। यो एन्ड्रोइड भर्सन २.१८.१३८ वा त्यस भन्दा माथिका भर्सन अपरेटिंग सिस्टम भएका डिभाइसहरुमा चल्नेछ ।
कुनैपनि ह्वाट्सएप् च्याटलाई सीधै ब्राउजरमा खोल्नका लागि प्रयोगकर्ताले https://wa.me/country extension + (phone number)टाइप गर्नुपर्नेछ । यसमा वेब एड्रेससँगै आफूले च्याट गर्न चाहेको व्यक्तिको देशको टेलिफोन कोड र फोन नम्बर हालिसकेपछि च्याट खुल्नेछ ।