​फेसबुकले ल्याउने भयो डेटिङ एप

Newslaya Home

​फेसबुकले ल्याउने भयो डेटिङ एप

बुधबार १९, बैशाख २०७५

एजेन्सी । फेसबुकका सिइओ मार्क जुकरबर्गले डेटिङ एप ल्याउन लागेको बताएका छन् ।

सोसल नेटवर्कको एफ एट डेभलपर कन्फ्रेन्समा बोल्दै जुकरबर्गले यो डेटिङ एपले मान्छेहरुलाई ‘लङ टर्म रिलेसनसिप’ निर्माण गर्न मद्दत गर्ने बताएका छन् । 
उक्त डेटिङ प्रोफाइलमा प्रयोगकर्ताको नाम मात्र हुने र प्रयोगकर्ताका फेसबुक साथीहरुले डेटिङ एक्टिभीटी हेर्न नमिल्ने सेक्युरिटी सिस्टम रहेको एजेन्सीले जनाएको छ ।

उक्त डेटिङ म्यासेजिङ ह्वाट्स एप र फेसबुकभन्दा भिन्न हुने जनाइएको छ । फेसबुकले यो एप २०१८ को अन्त्य तिर मात्र सार्वजनिक गर्ने छ ।