​फेसबुकमा अश्लिल सामग्री पठाउने प्रहरीको नियन्त्रणमा

Newslaya Home

​फेसबुकमा अश्लिल सामग्री पठाउने प्रहरीको नियन्त्रणमा

मङ्गलबार १८, बैशाख २०७५

काठमाडौं । विभिन्न व्यक्तिको नाममा नक्कली फेसबुक आइडी बनाएर दुःख दिइको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा मेचीनगर–१० का ३० वर्षीय श्यामकृष्ण सार्की रहेका छन् ।

उनले फेशबुक म्यासेजमार्फत अश्लिल फोटो पठाउने, पोस्ट गरिदिने, अश्लिल शब्द बोल्ने, भेट्न बोलाउने, भेट्न नगएमा फेक आइडी बनाएर दुःख दिने गरेको प्रहरीले जनाएको छ ।  पक्राउ परेका सार्की विरुद्ध सार्वजनिक अपराध ऐन २०२७ अन्तर्गत म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।