बलात्कारको घटना मिलाउन पीडितलाई दबाब दिदै प्रहरी र वडा अध्यक्ष

Newslaya Home

बलात्कारको घटना मिलाउन पीडितलाई दबाब दिदै प्रहरी र वडा अध्यक्ष

आइतबार १६, बैशाख २०७५

सर्लाही । सर्लाहीको कविलासी ५ की १३ बर्षिया किशोरी छिमेकीबाट बलात्कृत भएकी छिन् ।   छिमेकमा बस्ने सुनिल पासवानले सलले मुख बाँधेर घर पछाडीको उखु बारीमा जबरजस्ती  गरेको घटना पीडित युवतीले बताएकी छन् । 

सर्लाही जिल्ला प्रहरी कार्यालय मलंङ्वाले भने निवेदन नै लिएन र पीडितलाई ईलाका प्रहरी कार्यालय हरीपुर पठायो।  ईलाका प्रहरी कार्यालयल हरीपुरका ईन्चार्ज अनिल ठकुरीले भने बलात्कारको केसलाई मिलाउन पीडितलाई मिल्न दबाव दिन थालेका छन् । 

वडा अध्यक्ष राज किशोर रायले समेत किशोरीको बुवालाई ५० लाख दिलाई दिन्छु भन्दै मिल्न दबाव दिएको किशोरीका बुवाले बताए ।
हरीपुर प्रहरी चौकीका ईन्चार्ज ईनिसपेक्टर अनिल ठकुरीले अधिकरकर्मी सावित्री सुवेदीलाई चौकीमा आफुहरुले पैसा लिन नमिल्ने भए पनि आफुहरुले कागज गराईदिने भन्दै मिल्न दबाब दिएका छन् ।

एक रातका लागि भए पनि पीडितलाई घरमा ल्याईए बलात्कार समात्न सजिलो हुने भन्दै ईनिसपेक्टर ठकुरी दबाब दिई रहे । बलत्कारीलाई खोज्नु भन्दा पीडितलाईनै खोज्न प्रहरी लागिपर्नुले नै मिलापत्र गराउन खोज्ने प्रहरीको नियत स्पष्ट हुन्छ ।

बलात्कारको घटनापछि हरीपुर पुगेकी अधिकारकर्मी सावित्री सुवेदी वडा अध्यक्ष र प्रहरीमात्र नभई अन्य धेरै व्यक्तिहरुले किशोरीको परिवारलाई मिल्नलाई दबाब दिएका छन् ।