​जुवाखालबाट डीएसपीसहित ११ जुवाडे पक्राउ

Newslaya Home

​जुवाखालबाट डीएसपीसहित ११ जुवाडे पक्राउ

आइतबार १६, बैशाख २०७५

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरबाट सशस्त्र प्रहरीका डीएसपीसहित ११ जना जुवाडे पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सुर्खेत घर भई हाल नेपालगन्जमा कार्यरत सशस्त्रका डीएसपी सागर भुलन, राजेन्द्र श्रेष्ठ, यादव अधिकारी, देव बस्नेत, मिलन राई, हिमालय श्रेष्ठ, झम्कबहादुर कार्की, सुरेश थापा, भक्त पाण्डे र बाबुराम थापा रहेका छन् । प्रहरीले उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

उनीहरुबाट तीन लाख रुपैयाँसमेत बरामद भएको काठमाडौं प्रहरीका प्रवक्ता मोहन थापाले बताए । थापाका अनुसार पक्राउ परेकाहरुलाई सार्वजनिक अपराधको मुद्दा चलाइने छ ।