​पत्नीको हत्या गरेर फरार पति लुकेको अवस्थामा पक्राउ

Newslaya Home

​पत्नीको हत्या गरेर फरार पति लुकेको अवस्थामा पक्राउ

आइतबार १६, बैशाख २०७५

बर्दिबास । पत्नी हत्याको आरोपमा प्रहरीले पतिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ वर्षीय शिवशंकर दास रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरबाटै हराइरहेकी शिवशंकरकी २५ वर्षीया पत्नी पुनम देवी दासको शव बोरमा बाँधेर फालेको अवस्थामा चैत्र २१ गते भेटिएको थियो ।

मटिहानी –४ स्थित सडक छेउको खाल्टोमा उनको शव भेटिएको थियो । कुटपिट गरी हत्या गरेर फालिएको पुनमको शव बोरामा पोको पारेर फालिएको अवस्थामा प्रहरीले बरामद गरेको थियो । पुनमको हत्यापछि शिवशंकर फरार रहँदै थिए । लुकेर बसको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।