​सप्तरीमा दुई भ्यान एकआपसमा जुद्दा सात जना घाइते

Newslaya Home

​सप्तरीमा दुई भ्यान एकआपसमा जुद्दा सात जना घाइते

आइतबार १६, बैशाख २०७५

राजविराज । सप्तरीमा दुई मारुती भ्यान एकआपसमा जुद्दा सात जना घाइते भएका छन् । अग्नीसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को.१च ५०१२ नम्बर र विपरित दिशाबाट आउँदै गरेको बा.१७ च ७५१५ नम्बरको मारुती भ्यान शनिबार राति ११ बजे एकआपसमा जुद्दा सात जना घाइते भएको सप्तरी प्रहरीले जनाएको छ ।

घाइते हुनेमा को.१च ५०१२ नम्बरको मारुती भ्यानमा सवार सप्तरीको खडक नगरपालिका–३ का  १६ वर्षीया अन्जिला चौधरी, सप्तकोशी नगरपालिका–१ फत्तेपुरका २४ वर्षीय संजय चौधरी, चालक कन्चनरुप नगरपालिका–७ का ३० वर्षीय डेगनाथ साह रहेका छन् । उनीहरुको लहानस्थित सप्तऋषी अस्पतालमा उपचार भइरहेको डीएसपी ध्रुबकुमार श्रेष्ठले जनाए । 

यसैगरी, कञ्चनरुप–७ का २२ वर्षीय सन्तोष चौधरी, २६ वर्षीय अशोक चौधरी, १७ वर्षीय हितेसराज चौधरी र २४ वर्षीय अजय चौधरी सामान्य घाइते भएका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको जनाइएको छ ।