​दुहबीमा चट्याङ लागेर एक जनाको मृत्यु

Newslaya Home

​दुहबीमा चट्याङ लागेर एक जनाको मृत्यु

आइतबार १६, बैशाख २०७५

सुनसरी । दुहबी ११ तनमुनामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ वर्षीय रोशनकुमार ऋषिदेव रहेका छन् ।

उनका साथी मिठु मण्डल घाइते भएको प्रहरीले जानकारी दिएको छ। मण्डलको विराटनगरस्थित अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

यसैगरी विराटनगरमा चट्याङ लागे रुपमणि यादव, उनकी छोरी र छिमेकी  घाइते भएको प्रहरीले बताए । घाईतेहरुको कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।