अव विद्यार्थीले कम अंक ल्याए शिक्षक हटाइने

Newslaya Home

अव विद्यार्थीले कम अंक ल्याए शिक्षक हटाइने

आइतबार १६, बैशाख २०७५

काठमाडौं । अव विद्यार्थीले कम अंक ल्याए विषयगत शिक्षकलाई कारवाही हुने भएको छ । शिक्षकहरु शिक्षण पेशामा इमान्दारीताका साथ नलाग्दा शिक्षाको गुणस्तर खस्किन थालेको भन्दै रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले शिक्षकलाई कारर्वाह भएको हो ।

नगरपालिकामा रहेका ६१ वटा सामुदायिक विद्यालय अन्तर्गत कक्षा आठको परिक्षामा यस वर्ष ९ वटा विद्यालयको नतिजा शुन्य आएपछि नतिजालाई आधार मानेर कमजोर शिक्षकलाई कारवाहीको गर्ने  नगरपालिकाले जनाएको छ । जुन विषयमा कम अंक आएको छ त्यस विषयगत शिक्षकलाई कारवाही स्वरुप पहिलो चरणमा अन्यत्र विद्यालयमा सरुवा गरिने नगरपालिकाका आधारभूत तथा माध्यामिक शिक्षा शाखा संयोजक थलविर ओलीले बताए ।

कमजोर अंक आउने विषय शिक्षकलाई कारवाही स्वरुप पहिलो चरणमा अन्यत्र विद्यालयमा तीन महिनाका लागि सरुवा गर्ने र तीन महिनापछि सुधार भएमा पहिले कार्यरत विद्यालयमै फकाउने सुधार नभएमा शिक्षकहरुलाई सेवाबाट हटाइने छ ओलीले बताए ।

शिक्षण पेशामा कार्यरत भए पनि यसमा भन्दा अन्यत्रै ध्यान दिने प्रवृत्तिका कारण शिक्षाको गुणस्तर खस्किँदै गैरहेको उनको भनाई छ । नगरपालिकाका सबै विद्यालयमा गरिएको स्थलगत अनुगमणका क्रममा शिक्षकहरुको लापरवाही नै सबैभन्दा बढी भेटिएको उनले बताए । सोही अनुसार नगरपालिकाले कमजोर शिक्षकलाई सरुवा गर्ने नीति अवलम्बन गरेको ओलीले बताए । 

कक्षा आठको नतिजालाई हेर्दा नगरपालिकामा आठ जना शिक्षक कमजोर सावित भएका छन् । सात जना निजि स्रोतका र एक जना राहात शिक्षक कमजोर सूचीमा परेका छन् ।  शिक्षामा गुणस्तर कायम नभएसम्म नगरलाई समृद्ध बनाउने सपना पूरा नहुँने भन्दै शिक्षाको गुणस्तर सुधारका लागि तल्लो तहबाटै सुधार गर्न लागिएको नगर प्रमुख गोर्खबहादुर केसीले जानकारी दिए ।