​खुला दिसामुक्त घोषित जिल्लाका शिक्षक नै शौच गर्न जंगल गएपछि

Newslaya Home

​खुला दिसामुक्त घोषित जिल्लाका शिक्षक नै शौच गर्न जंगल गएपछि

आइतबार १६, बैशाख २०७५

तेह्रथुम । पानीको अभाव हुँदा तेह्रथुमका अधिकांश विद्यालयका शिक्षकहरु जंगलमा शौच गर्न बाध्य भएका छन् । खुला दिसामुक्त घोषित जिल्ला तेह्रथुमका दर्जन बढी सुख्खाग्रस्त गाउँका विद्यालयमा अध्यापनरत शिक्षकहरु पानिको अभावका कारण शौच गर्न जंगल जाने गरेका हुन् ।

शौच गरिसकेपछि सरसफाई गर्ने पानी नहुँदा जिल्लाका गाउँ गाउँमा रहेका विद्यालयका शिक्षकहरु नै शौच गर्न जंगलतिर जानुपर्ने बाध्यता रहेको उनिहरु बताउँछन् । गाउँभन्दा टाढा रहेको आफ्नो विद्यालयमा शौचालय सन्चालनका लागि पानी नहुँदा समस्या बेहोरर्नुपरेको फेदाप गाउँपालिका–१ स्थित बालमकर माविका प्रधानाध्यापक कृष्णबहादुर थापाले बताए । 

विद्यालय नजिकै गाउँ नभएको र पिउने पानी समेते घरैबाट बोकेर लैजानुपर्ने बाध्यता रहेको शिक्षकहरु बताउँछन् । विद्यालयहरुमा निम्तिएको यस्तो समस्याप्रति सम्बन्धित निकायको ध्यानाकर्षण नगएको भन्दै शिक्षकहरुले गुनासो गरेका छन् ।

तेह्रथुम जिल्लालाई गतवर्ष नै खुला दिशामुक्त जिल्ला घोषणा गरिसकिएको छ । जिल्लाका ९५ प्रतिशत बढी घरधुरीमा चर्पी भएतानि पानी अभावकै कारण चर्पी प्रयोग गर्न नपाएको स्थानियहरुले गुनासो गरेका छन् ।