​नेपाल राष्ट्र बैंकद्वारा पाँच सयको नोटमा चित्र परिर्वतन

Newslaya Home

​नेपाल राष्ट्र बैंकद्वारा पाँच सयको नोटमा चित्र परिर्वतन

बिहीबार १३, बैशाख २०७५

काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच सयको नोटमा चित्र परिवर्तन गरेको छ । नोटमा रहेको दुई वटा बाघलाई हटाएर एउटा मात्र बाघ, हिमाल र लालीगुँरासको चित्रलाई समावेश गरेको छ ।  

राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले दुई वटा बाघहरुको चित्र हटाएर एउटा मात्रै पाटेबाघको चित्र रहेको नयाँ ५ सयको नोट चलनचल्तिमा ल्याएको जानाकारी दिए । संकेत नम्बर ङ ४६०००००१ देखि छ ४०९९९९९९ सम्मको नोट बजारमा चल्तिमा ल्याइएको हो । 

नयाँ नोटको बाँयातर्फ सगरमाथा हिमालको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप, नोटको तल्लो भागमा गभर्नरको हस्ताक्षर, नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर र वि.स. २०७३ लेखिएको राष्ट्र बैंकले बताएको छ ।