​विराटनगर महानगरपालिकाले तोक्यो जनप्रतिनिधिको पारिश्रमिक

Newslaya Home

​विराटनगर महानगरपालिकाले तोक्यो जनप्रतिनिधिको पारिश्रमिक

बिहीबार १३, बैशाख २०७५

विराटनगर  । विराटनगर महानगरपालिकाले जनप्रतिनिधिको पारिश्रमिक तोकेको छ । महानगरले निर्वाचनको करीब ९ महीनापछि मेयरदेखि वडा सदस्यसम्मको पारिश्रमिक तोकेको महानगरका प्रमुख भीम पराजुलीले जानकारी दिए ।

महानगर प्रमुखको ५० हजार र उपप्रमुखको पारिश्रमिक मासिक ४५ हजार रुपैयाँ निर्धारण गरिएको छ भने वडाध्यक्षका लागि मासिक ३० हजार र नगर कार्यपालिका सदस्यका लागि मासिक १५ हजार रुपैयाँ पारिश्रमिक तोकेको हो । 

महानगरले वडा सदस्यका लागि मासिक ६ हजार ५ सय रुपैयाँ पारिश्रमिक तोकिएको पराजुलीले बताए ।