​नेपालीको आम्दानी बढ्दै, एक लाख रुपैयाँ नाघ्यो

Newslaya Home

​नेपालीको आम्दानी बढ्दै, एक लाख रुपैयाँ नाघ्यो

बुधबार १२, बैशाख २०७५

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय हजार डलर नाघेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार नेपालीको प्रतिव्यक्ति आय १ हजार ४ डलरमा पुगेको हो ।

आजको डलरको मूल्यअनुसार यो १ लाख ६ हजार ३ सय ३३ रुपैयाँ बराबर हुन आउँछ ।  गत वर्ष १ सय ५ डलरले बढेको नेपालीको प्रतिव्यक्ति आय ८६६ डलरमा पुगेको थियो । यो वर्ष भने नेपालीका प्रतिव्यक्ति आय यो वर्ष थप सुधार हुँदै १३८ डलरले प्रतिव्यक्ति आम्दानी वृद्धि भएको हो ।