ग्राहकहरुको मन जित्दै विराटनगरमा भाटभटेनी

Newslaya Home

ग्राहकहरुको मन जित्दै विराटनगरमा भाटभटेनी

मङ्गलबार ११, बैशाख २०७५

इटहरी । गत बैशाख १ गतेदेखि संचालनमा आएको भाटभटेनी सुपरमार्केटले १० दिनको अवधीमा करिब १० करोड बराबरको  कारोबार गर्न सफल भएको छ ।

विराटनगरमा १५ औँ शाखाको रुपमा वैशाख १ गतेदेखि विस्तार भएको भाटभटेनी सुपर मोर्केटले ग्राहकहरुको मन जित्दै १० दिनको अवधिमा १० करोडमाथी कारोबार गर्न सफल भएको हो । सुपर मार्केटले उद्घाटन गरेकोे दिनदेखि नै कारोबार राम्रो भएको र  ‘पहिलो दिन देखि  अहिले सम्म ग्राहकहरुको अत्याधिक भिड भइरहेको सुपर मार्केट विराटनगर शाखाका व्यावस्थापक विनोद भट्टराईले जानकारी दिए ।

सुपरमार्केटले सुरुमा ७ दिनको लागि १० प्रतिशत छुटको व्यावस्था गरेको थियो । ग्राहकहरुले गुणस्तरिय, रोजेजस्तो र खोजेजस्तो दैनिक उपभोग्य सामान एउटै छानामुनी पाउन थालेपछी ग्राहकहरुको भिडभाड बढ्न थालेको छ । यसरी ग्राहकहरुको संख्यामा बृद्धि भएसँगै वैशाखभरी सुपरमार्केटमा १० प्रतिशत छुटको व्यवस्था गरेको व्यावस्थापक भट्टराईले जानकारी दिए ।   सुपर मार्केटमा धरान, इटहरी, उर्लाबारी, दमक, लहान, राजविराज, भारतको जोगबनीका ग्राहकहरु समेत आउने गरेको शाखाका व्यावस्थापक भट्टराईले जानकारी दिए । 

उपभोक्ताले रोजेजस्तो र खोजेजस्तो दैनिक उपभोग्य सामान खरिद गर्नुका साथै बालबालिकादेखि वृद्धसम्मलाई मनोरञ्जन प्रदान गर्ने सुपर मार्केट भएका कारण पनि ग्राहकहरुको भिड लागेको उनको बुझाई छ । सन् १९८४ मा स्थापना भएको भाटभटेनी सुपरमार्केटको काठमाण्डौ, ललितपुर र पोखरा, महाराजगञ्ज, कोटेश्वर, पुल्चोक, बौद्ध, अनामनगर, बालाजु, कलंकी ,बुटवल, धरान, पछि विराटनगरमा शाखा विस्तार भएको हो ।
सुमन भट्टराई 

​भाटभटेनी सुपर मार्केट विराटनगरमा