​नेको इन्सुरेन्सले दियो अन्नपूर्ण इम्पेक्सलाई साढे पाँच करोड

Newslaya Home

​नेको इन्सुरेन्सले दियो अन्नपूर्ण इम्पेक्सलाई साढे पाँच करोड

मङ्गलबार ११, बैशाख २०७५

विराटनगर । नेको इन्सुरेन्स विराटनगर शाखाले साढे पाँच करोड रुपैयाँ अन्नपूर्ण इम्पेक्सलाई हस्तान्तरण गरेको छ । गत वर्ष साउनमा बाढीको डुवानबाट अन्नपूर्ण इम्पेक्समा रहेका विभिन्न किसिमका इलेक्ट्रोनिक सामानहरु नष्ट भएका थिए । 

बाढीले नष्ट भएका सामानहरु क्षतिपूर्ति वापत इन्सुरेन्सका तर्फबाट शाखा प्रबन्धक गौतमले अन्नपूर्ण इम्पेक्सका राजेन्द्रकुमार राठीलाई सोमबार बीमावापतको साढे पाँच करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।