​सोलुदूधकोशी जलविद्युत अयोजनाले शेयर जारी गर्ने

Newslaya Home

​सोलुदूधकोशी जलविद्युत अयोजनाले शेयर जारी गर्ने

सोमबार १०, बैशाख २०७५

सोलुखुम्बु । सोलुखुम्बुमा निर्माणाधिन सोलुदुधकोशी जलविद्युत अयोजनाले आइपिओ शेयर जारी गर्ने भएको छ । 

मुलुककै सबैभन्दा ठूलो ८६ मेगावाट क्षमताको उक्त आयोजनाले आइपिओ शेयर जारी गर्ने निर्णय गरेको कम्पनिका कार्यकारी अध्यक्ष हिमप्रसाद पाठकले जनाएका छन् । आयोजना निर्माण कम्पनी साहास उर्जा लिमिटेडको बार्षिक साधारण सभाले स्थानीय तथा सर्वसाधरणलाई आईपिओ शेयर जारी गर्ने निर्णय गरेको हो । 

हाइड्रो भेन्चर प्रालिले साहस उर्जाको शतप्रतिशत लगानीमा निर्माण गर्न लागेको आयोजनाले जिल्लाको तिङ्लामा ड्याम निर्माण गरि सुरुङ मार्ग मार्फत पञ्चनको मैकुबेशी जलप्रवाह पु¥याएर विद्युत उत्पादन गर्ने भएको छ । आयोजना सम्पन्न गर्नको लागि कुल लागत रु.११ अर्ब ८६ करोड रहेको छ । ३ बर्ष भित्र निर्माण सम्पन्न गर्ने कार्ययोजना बनाईएको आयोजनाको अहिले शुरुङ निर्माणको काम शुरु भएको छ । 

आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) समेत गरिसकेको जनाएको छ । आयोजनाबाट उत्पादित विजुली १०.५ किलोमिटर लामो डबल सर्किट प्रशारण लाइनमार्फत सोलुदुधकुण्ड ११ स्थीत तिङ्लाको सवस्टेशनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ ।  

आयोजनाका लागि नेपाल इन्भेष्टमेन्ट बैङ्कको नेतृत्वमा ११ बैङ्क तथा वित्तीय संस्थाले ऋण लगानी सम्झौता गरेका छन् ।