​क्षेत्रीय विमानस्थल स्तरोन्नतिको काम सुरु, आंशिक रुपमा बन्द

Newslaya Home

​क्षेत्रीय विमानस्थल स्तरोन्नतिको काम सुरु, आंशिक रुपमा बन्द

सोमबार १०, बैशाख २०७५

विराटनगर । विराटनगरस्थित क्षेत्रीय विमानस्थल स्तरोन्नतिको काम सुरु भएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नतिको काम शुरु गरेको हो । स्तरोन्नतिको काम शुरु भएसँगै विमानस्थल आंशिक रुपमा बन्द भएको छ ।

धावनमार्ग सुधार तथा मर्मत गर्न विमानस्थल दिउँसो २ बजेबाट बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण विराटनगरका प्रमुख टंकनाथ सिटौलाले जानकारी दिए । बिहानबाट दिउँसो २ बजेसम्म भने विमानस्थलमा उडान र अवतरण यथावत सञ्चालन हुने उनले बताए ।

विमानस्थलको धावनमार्ग सुधार तथा मर्मतको काम शनिबारदेखि शुरु भएको हो । मर्मत सुधारको काम दुई सातासम्म चल्ने नागरिक उड्डयन प्राधिकरणको कार्यालयले जनाएको छ । विराटनगरबाट रात्रिकालीन उडान पनि हुँदै आएको छ ।