​सफलता हात पार्र्दै एभरेष्ट बैंक, खुद नाफा १८.१९५ वृद्धि

Newslaya Home

​सफलता हात पार्र्दै एभरेष्ट बैंक, खुद नाफा १८.१९५ वृद्धि

शुक्रबार ०७, बैशाख २०७५

काठमाडौं ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एभरेष्ट बैंकले १ अर्ब ८० करोड ३४ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 
एभरेष्टले खुद नाफा १८.१९५ ले वृद्धि गर्न सफल भएको हो  । गत वर्षे १ अर्ब ५२ करोड ५८ लाख ८२ हजार रुपैयाँ मात्र खुद नाफा  भएको थियो ।

खुद ब्याज आम्दानी पनि २१.५३५ ले बढेर ३ अर्ब २५ करोड ९ लाख ४१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष खुद ब्याज आम्दानी २ अर्ब ६७ करोड ४९ लाख ६२ रुपैयाँ मात्र रहेको थियो ।  सूचक सञ्चालन नाफा पनि २ अर्ब ३५ करोडबाट बढोत्तरी गरेर २ अर्ब ७९ करोड ८२ लाख ९ हजार रुपैयाँ पुर्याउन  सफल  भएको छ । समग्रमा खुद नाफा बढ्नुमा ब्याज आम्दानी र सञ्चालन देखिन्छ । 

 निक्षेप ९२ अर्बबाट बढाएर १ खर्ब ६ अर्ब ९४ करोड ४० लाख ८२ हजार रुपैयाँ पुर्याउन सफल बैंकले ८८ अर्ब १७ करोड ३० लाख ४७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्ष बैंकले ७३ अर्ब ५५ करोड ५ लाख ४६  हजार रुपैयाँ मात्र कर्जा लगानी गर्न सकेको थियो । निक्षेप र लगानी दुवै वृद्धि गर्न सक्नु अर्को सफलता देखिएको छ ।

चुक्ता पुँजी ८ अर्ब १० करोड ६८ लाख ६३ हजार रुपैयाँ पुर्याएको यस बैंकको रिजर्भ कोषमा ५ अर्ब ८५ करोड ३८ लाख १० हजार रुपैयाँ हजार रुपैयाँ रहेको छ । चुक्ता पुँजी बढ्दा पनि रिजर्भलाई सन्तुलित नै राख्न बैंक सफल भएको देखिन्छ । एभरेष्टले गत वर्षको नाफाबाट ३३५ बोनस सेयर दिएर चुक्ता पुँजी ८ अर्ब पुर्याउन सफल भएको छ ।

खराब कर्जा घटाएर ०.२३५ मा सीमित गरेको छ । गत वर्ष खराब कर्जा ०.६७५ रहेको थियो । प्रतिसेयर आम्दानी भने खुम्चिएर २९ रुपैयाँ ९६ पैसामा सीमित भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ४४ रुपैयाँ ९५ पैसा थियो । यस्तै, प्रतिसेयर नेटवर्थ पनि ४७.११ पैसाले घटेर १७२ रुपैयाँ ९३ पैसामा झरेको छ । गत वर्ष प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ ०४ पैसा  रहेको थियो ।