​नेपालको चुरोट कतार निर्यात हुने

Newslaya Home

​नेपालको चुरोट कतार निर्यात हुने

बिहीबार ०६, बैशाख २०७५

काठमाडौं । नेपालमा उत्पादन भएको चुरोट कतार निकासी हुने भएको छ । छिमेकी मुलुकले नाकाबन्दी लगाएपछि कतारका व्यवसायीले नेपालबाट चुरोट किन्ने भएका छन् ।

गोर्खा लहरीसँग कतारका व्यवसायीले चुरोट किन्न छलफल अगाडि बढाएका छन् । ‘कतारमा चुरोट आपूर्तिको लागि त्यहाँका व्यावसायीहरुसँग छलफल भइरहेको छ, उद्योगका कर्मचारी चित्रकुमार पोखरेलले भने, ‘चुरोट निकासीका लागि ट्रेडमार्क दर्ता प्रकृयामा छौं । सामान निर्यातको टुङ्गो भने लागिसकेको छैन । दुई/तीन महिना भित्र टुङ्गो लाग्छ होला ।’

१७ वर्ष अघि हेटौडा औद्योगिक क्षेत्रमा उद्योग स्थापना गरेको लहरीले ६ वर्षदेखि अमेरिकामा चुरोट निर्यात गर्दै आएको छ । 

अन्तर्राष्ट्रिय बजारमा निकासी गरिरहेकाले लहरी कतारी व्यावसायीको छनोटमा परेको हो ।