​धरौटी तिर्न नसक्दा वाणिज्य बैंक रानीका दुई कर्मचारीलाई जेल चलान

Newslaya Home

​धरौटी तिर्न नसक्दा वाणिज्य बैंक रानीका दुई कर्मचारीलाई जेल चलान

बुधबार ०५, बैशाख २०७५

विराटनगर । जिल्ला अदालत मोरङले धरौटी मागेपछि वाणिज्य वैंक बन्दरगाहा शाखाका प्रबन्धक तथा काउण्टर ईन्चार्ज पुर्पक्षको लागि जेल चलान भएका छन् । 
जिल्ला अदालत मोरङले तोकेको धरौटी रकम बुझाउन नसक्दा राष्ट्रिय वाणिज्य बैंक रानी बन्दरगाहा शाखाका प्रबन्धक विष्णुप्रसाद निरौला र काउण्टर ईन्चार्ज तोर्णराज राउत पुर्पक्षको लागि जेल चलान भएका हुन ।

पैसा नभएको बैंक खाताको अकाउण्ट पेयी चेक दिएर भन्सारबाट बाल सामान क्लीयरिङ गराउन मिलेमतो गरी बैंकलाई ९ करोड ६१ लाख ५५ हजार घोटाला गरेको आरोप लागेको थियो ।

 जिल्ला अदालत मोरङका न्यायाधीश हरिप्रसाद भण्डारी र बोलेन्द्र रुपाखेतीको ईजलाशले बैंकका प्रबन्धक निरौलालाई दुई करोड र बैंकका भन्सार काउण्टर ईन्चार्ज राउतलाई २ करोड ५० लाख धरौटी माग गरेको थियो । अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि उनीहरु कारागार चलान भएका हुन ।

विराटनगर वाणिज्य बैंकमा नौ करोड ठगी