सुनसरीमा इन्धन तस्करी बढ्दै,​ गुप्ता आयल ट्रेडर्सका संचालक पक्राउ

Newslaya Home

सुनसरीमा इन्धन तस्करी बढ्दै,​ गुप्ता आयल ट्रेडर्सका संचालक पक्राउ

बुधबार ०५, बैशाख २०७५

इटहरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले कालोबजारी गर्ने एक पेट्रोल पम्प संचालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी देवानगंज गाउँपालिका –२ बस्ने अशोक रौनियार रहेका छन ।

रौनियारले संचालन गरेको गुप्ता आयल ट्रेडर्सले अवैधरुपर्मा तस्करहरुलाई प्रति लिटर ८७ रुपैयाले डिजल बिक्रि गर्ने गरेको र विलमा ८४ रुपैया विस पैसा मात्र उल्लेख गर्ने गरेको र सो बिल च्यातेर फ्याक्ने गरेको पाएपछि मंगलबार साँझ प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । रौनियारलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भईरहेको छ ।

 त्यस्तै सुनसरीबाट भारत तर्फ ईन्धन  लैजाँदै गरेको अबस्थामा  एक व्यतिm पक्राउ परेका छन् । सुनसरीबाट भारततर्फ लैजादै गरेको अवस्थामा एक सय पचास लिटर डिजेलसहित तस्करमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको जनाएको छ  । पक्राउ परेका व्यतिmको नाम भने प्रहरीेले खुलाएको छैन ।
 

इन्धन तस्करी बढ्दै