​कर्णालीमा २ वर्ष कर छुट

Newslaya Home

​कर्णालीमा २ वर्ष कर छुट

शुक्रबार ०९, चैत २०७४

काठमाडौ । कर्णाली प्रदेशमा उद्योगधन्दा खोल्दा पहिलो दुई वर्ष कुनै पनि कर नलाग्ने भएको छ । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यस्तो घोषणा गरेका हुन् । 
उनले पर्यटन कृषि तथा अन्य उद्योग खोल्नका लागि कर नलाग्ने घोषणा गरेका हुन् । उनले रारा तालमा बोटिङ सञ्चालन गर्न चाहने पर्यटन व्यवसायीलाई समेत खुला गर्ने घोषणा समेत मन्त्री शाही गरे ।
नेपालमै पछि परेको क्षेत्रका रुपमा चिनिएको कर्णाली प्रदेशको समृद्धिको लागि उद्योग र व्यवशायलाई प्रबद्र्धन गर्न लागिएको शाहीले बताएका छन् । कर्णालीमा यसअघि पनि एनजिओलाई निषेध गर्ने बताइएको थियो ।