​आजदेखि एसईई, चार लाख ८५ हजार परीक्षार्थी सहभागि

Newslaya Home

​आजदेखि एसईई, चार लाख ८५ हजार परीक्षार्थी सहभागि

बिहीबार ०८, चैत २०७४

काठमाडौं । सधैका वर्ष जस्तै यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आज (बिहीबार) देखि सुरु भएको छ । साधारण धारतर्फको परीक्षा १७ चैतसम्म र प्राविधिक धारतर्फको परीक्षा २० सम्म सञ्चालन हुनेछ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज बिहान ८ बजेदेखि सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र देशभरका परीक्षा एकैसाथ सुरु हुने जनाएको छ ।  परीक्षामा ४ लाख ८५ हजार ५८६ परीक्षार्थीले आवेदन दिएका छन् । परीक्षाका लागि १ हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा प्रतिकेन्द्र एक केन्द्राध्यक्ष, २ हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी ६४ हजार ७६२ जनशक्ति खटिएका छन् ।