​त्रिविका कलेजले मनाए सामाजिक कार्य दिवस

Newslaya Home

​त्रिविका कलेजले मनाए सामाजिक कार्य दिवस

बुधबार ०७, चैत २०७४

काठमाडौं । सामाजिक कार्य विषय पढिरहेका विद्यार्थी तथा काठमाडौंका विभिन्न त्रिभुबन विश्वबिद्यालय अन्तर्गतका कलेजहरुले ‘विश्व सामाजिक कार्य दिवस २०१८’ मनाएका छन् । 

‘दिगो समुदाय र वातावरणको प्रवद्र्धन’ भन्ने मूल नाराकासाथ यो बर्षको सामाजिक कार्य दिवस मानाइएको त्रिविका प्राध्यापक तथा कार्यक्रमका अध्यक्ष प्रतिक लामिछाने ले बताए । काठमाडौंमा रहेको गोल्डेन गेट कलेज, पुस्पलाल कलेज, के एंड के  लगायतका ६१ कलेजले संयुक्त रुपमा दिवस मनाएका थिए  ।

सामाजिक कार्य विषय अध्ययन अध्यापन गराउने व्यक्ति र स‌ंस्थाहरुको एकिकृत पहलमा यस विषयको पेशागत मूल्य मान्यता पहिचान गराउन सम्मेलन आयोजना गरेको आयोजक कमिटीले बताएको छ ।

किर्तीपुरस्थित स्मृति भवनमा भएको सम्मेलनमा प्रमुख अतिथि राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले युवाले देश बनाउने सपना बुन्नुपर्नेमा जोड दिए ।
त्रिविका प्राध्यापक डा.टिकाराम गौतमले विश्वविद्यालयले सरकासग समन्वय गरि सामाजिक कार्यलाई पेसागत रुपमा विकास गर्नुपर्ने बताए ।