​१५ वर्षकी बालिकालाई घरमै बन्धक बनाइ पटक–पटक बलात्कार गर्ने पाँच पक्राउ

Newslaya Home

​१५ वर्षकी बालिकालाई घरमै बन्धक बनाइ पटक–पटक बलात्कार गर्ने पाँच पक्राउ

बुधबार ०७, चैत २०७४

काठमाडौं । एउटी बालिका, जो एउटा समुहबाट पटक–पटक बलात्कारको सिकार हुन्छिन् । गर्भनिरोधक चक्की खुवाउँदै बसका चालक र सह चालकले बलात्कार गरिरहन्छन् । यस्तै कार्यमा संलग्न पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।  ि
फागनु १७ गते बल्खुबाट हराएकी एक बालिकाको बलात्कार गरेको आरोपमा प्रहरीले भोला तामाङ्ग, चन्द्रबहादुर सापकोटा, सन्तोष घिमिरे, दिवस गड्तौला र सुदीप बजगाईंलाई पक्राउ गरेको हो । पाँच जनाविरुद्ध जबरजस्ती करणी मुद्दा चलाएको छ । 
ती बालिकालाई बन्धक बनाउँने चालक र सह चालकले बाथरुमसमेत जान नदिएको, कोठामै दिशापिसाब गराएको, कोठामा गर्भनिरोधक औषधि खुवाएको रहस्य खुलेको छ । 
बालिकाको आमाको उजुरीका आधारमा बालिकाको खोजतलास सुरु गरिएको थियो । परिवारले नम्बर उल्लेख गरी पर्चा टाँस समेत गरेर बालिकाको खोजी गरिरहेका थिए । फागुन २८ गते बालिका स्वयम्भूमा भेटिएकी थिइन् । 
तर ती बालिकाको अवस्था राम्रो थिएन । उनी कराउने, तर्सने, बरबराउने गर्थिन् । आमाले उनलाई प्रहरीकोमा ल्याइन् । 
घटनाको अनुसन्धान गर्दै जाँदा बालिका हराएकै दिन साँझ वल्खुचौकमा बा ४ ख ३८५१ नम्बरको बसमा चढेकी थिइन् । बसुन्धरास्थित एक ग्यारेजमा लगि उक्त वसका चालक सन्तोष घिमिरे र सह(चालक दिवस गड्तौलाले जबजस्ती करणी गरेका थिए ।
त्यसको भोलिपल्ट घिमिरेले ललितपुर हरिसिद्दी स्थित कोठामा लगी ६ दिनसम्म भाग्न उम्कन नदिई पटक पटक करणी गरेका थिए ।
फागुन २४ गते बालिका भाग्न सफल भइन् । तर अर्को बसका सह चालक सुदिप बजगाईले जबरजस्ती करणी गरे । फागुन २५ गते गड्तौलाले पुनः फेला पारेर घिमिरेलाई जिम्मा दिए । त्यो दिन घिमिरेले पुनः कोठामा लगी जवबरजस्ती बलात्कार गरे ।
घिमिरेले २७ गते बालिकालाई सातदोवाटोबाट रिङरोड गुड्ने बा २ ख ४१९५ नं. को गाडीमा चढाए । उक्त गाडीको चालक भोला तामाङ र सह चालक चन्द्र सापकोटा समेत मिलेर राती ग्यारेजमा लगी जबरजस्ती बलात्कार गरे । फागुन २८ गते गर्भ निरोधक औषधि र २५० रुपैयाँ दिइ स्वयम्भूमा ल्याई छाडी दिए ।
घरमा बन्धक बनाएर राख्दा पिसाब समेत कोठैमा गर्न लगाएको पाइएको छ । प्रहरीले ललितपुर हरिसिद्दि स्थित सन्तोष घिमिरेको कोठाबाट महिलाले प्रयोग गर्ने गर्भाधारण हुन रोक्ने औषधीको खोल, दुई वोतल पिसाव र कन्डम बरामद गरेको छ ।

अरुण स्वामी