​‘मोष्ट वान्टेड’ सुटर उमेश पासवान सर्लाहीबाट पक्राउ

Newslaya Home

​‘मोष्ट वान्टेड’ सुटर उमेश पासवान सर्लाहीबाट पक्राउ

बुधबार ०७, चैत २०७४

काठमाडौं । तराईमा कम्तीमा पाँच जनाको हत्यामा संलग्न एक ‘मोष्ट वान्टेड’ सुटर पक्राउ परेका छन् । उनलाई प्रहरीले तीन वर्षको प्रयासपछि पक्राउ गरेको हो । 
रुपन्देही, चितवन, सर्लाही लगायतका जिल्लामा गोली हानी हत्या गर्ने उमेश पासवान सर्लाहीमा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय हरिपुरले पासवानलाई हरिपुर क्षेत्रबाट पक्राउ गरेको सर्लाहीका एसपी मसाउद आलम खाँले बताए । 
जिल्ला प्रहरी कार्यालय डिएसपी राजेश थापा र इन्सपेक्टर अनिल ठकुरी नेतृत्वको टोलीले पासवानलाई पक्राउ गरेको हो । 
गोली प्रहारका एक दर्जन घटनामा पासवान संलग्न रहेको प्रहरीले जनाएको छ ।