​राष्ट्रियसभा निर्वाचनमा विवेकशील र नयाँ शक्तिले कांग्रेससँग सहकार्य गर्ने

Newslaya Home

​राष्ट्रियसभा निर्वाचनमा विवेकशील र नयाँ शक्तिले कांग्रेससँग सहकार्य गर्ने

बुधबार १०, माघ २०७४

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा विवेकशील साझा पार्टी र नयाँ शक्तिले नेपाली कांग्रेससँग सहकार्य गर्ने भएका छन् । बुधबार बिहान बसेको तीन दलको बैठकमा यस्तो सहमति भएको हो । 
विवेकशील साझा र नयाँ शक्तिका स्थानीय तथा प्रादेशिक सांसदले राष्ट्रियसभा निर्वाचनमा कांग्रेसलाई मतदान गर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । 
राष्ट्रियसभा निर्वाचन माघ २४ गते हुँदै छ ।