​सम्बन्धविच्छेदबारे मनोज गजुरेलको यस्तो प्रष्टीकरण

Newslaya Home

​सम्बन्धविच्छेदबारे मनोज गजुरेलको यस्तो प्रष्टीकरण

मङ्गलबार ०९, माघ २०७४

काठमाडौं । हास्य कलाकार मनोज गजुरेल र श्रीमती मीना ढकालको केही दिन अगाडी कानुनी रुपमा सम्बन्धबिच्छेद भएको थियो । 
सम्बन्धबिच्छेद पछि कलाकार गजुरेले सामाजिक सञ्जाल फेसबुकमा सोमबार राति एक स्टाटस लेख्दै प्रष्टिकरण दिएका छन् ।
उनले आफ्नो र मीना ढकालको बारेमा आएका समाचारप्रति ध्यानाकृष्ट भएको जनाउँदै प्रष्टिकरण दिएका हुन् ।
गजुरेलले आफूहरु विगत दुई दशकभन्दा अधिदेखि वैवाहिक सम्बन्धमा रहेको र हाल आएर दुवैको सहमतिमा अलग भएको लेखेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘वैवाहिक जीवनको प्रारम्भिक चरणदेखि नै हामीबिच सामान्य मतभेद हुँदै आएको थियो । हामीले हाम्रा सन्ततीको भविष्यका लागि पनि सकेसम्म मिलेर अगाडि बढ्न प्रयत्न गरेका थियौं तर यसलाई जिवन्त भने बनाउन असफल भयौ । त्यसैले पारिवारिक सहमतिका आधारमा हामीले कानुनी रुपमै सम्बन्ध बिच्छेद गर्ने निर्णय गरÞ्यौं ।
गजुरेलले आफूले सम्पती चार भाग लगाएको बताएका छन् ।
त्यस्तै छोरा बाबुको र छोरी आमासँग जाने सहमति भएको पनि उनले खुलाएका छन् । मनोज गजुरेलको फेसबुक स्टाटस्