​‘कोहलपुर एक्सप्रेस’को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

Newslaya Home

​‘कोहलपुर एक्सप्रेस’को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

मङ्गलबार ०९, माघ २०७४

काठमाडौं । नायिका केकी अधिकारीको प्रस्तुतीमा तयार भएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को पहिलो गीत  सार्वजनिक भएको छ ।
सी ओ डब्लु काउ’ बोलको गीतमा राजनराज सिवाकोटी र मेलिना राइको स्वर, राजनराज सिवाकोटीकै शब्द तथा संगीत रहेको भने गीतको भिडियोमा नायिका रीमा विश्वकर्माले नृत्य गरेकी छिन् ।
यस गीतमा रीमाको साथमा गम्भिर बिष्ट, नायिका केकी अधिकारी र कलाकार विनोद न्यौपानेले गीतको पनि अभिनय रहेको छ । यस चलचित्रमा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, विनोद न्यौपाने, वुद्धि तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई लगायतका कलाकारको मुख्य भूमिका छ ।