​‘पिँजडा ब्याक अगेन’को दुई दिनको कमाइ कति ?

Newslaya Home

​‘पिँजडा ब्याक अगेन’को दुई दिनको कमाइ कति ?

सोमबार ०८, माघ २०७४

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘पिँजडा ब्याक अगेन’ले दुई दिनमा ६६ लाख रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । 
वितरक गोपालकाजी कायस्थका अनुसार चलचित्रले राजधानीमा शुक्रबार १२ लाख र शनिबार २६ लाख रुपैयाँको व्यापार गरेकोे हो । यस्तै, यस चलचित्रले मोफसलबाट दुई दिनमा २८ लाख रुपैयाँको व्यापार गरेको बताइएको छ । मोफसलमा बिहीबार रिलिज भएको यो चलचित्रको बिहीबारको कलेक्सन भने जोडिएको छैन । 
माघ महिनाको चिसोका कारण पनि फिल्मको व्यापारमा कमी भएको निर्देशक हिमाल केसीको भनाइ छ । श्रीराम बरालको प्रस्तुतिमा तयार पारिएको चलचित्रमा गोविन्द गैरे र रोहित पुरीको लगानी रहेको छ । 
पारिवारिक कथामा निर्माण भएको यस चलचित्रमा निखिल र सारासँगै ज्याक श्रेष्ठ, भोलाराज सापकोटा, प्रदीप दाहाल, पुकार भट्टराई, कुशाग्र भट्टराई, सुन्दर श्रेष्ठलगायतको अभिनय रहेको छ ।