​मधेस केन्द्रित दलहरुसँग तालमेल गर्ने काँग्रेसको तयारी

Newslaya Home

​मधेस केन्द्रित दलहरुसँग तालमेल गर्ने काँग्रेसको तयारी

सोमबार ०८, माघ २०७४

काठमाडौ । राष्ट्रियसभा निर्वाचनका लागि काँग्रेसले र मधेस केन्द्रित दुई दलबीच तालमेल गर्ने प्रयास गरिरहेको छ । शीर्ष नेताहरुबीच पटक–पटक छलफल अघि बढेपनि निष्कर्षमा भने पुग्न सकेको छैन । काँग्रेस र मधेस केन्द्रित दलहरुबीच प्रदेश २ मा सिट बाँडफाँटमा कुरा मिल्न नसकेको नेताहरुले बताएका छन् । कांग्रेस, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच सोमबार पनि छलफललाई निरन्तरता दिने सहमति बनेको बताइएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसी दलसँग सहमति जुटाउन आन्तरिक गृहकार्य गर्न केन्द्रीय सदस्यहरू विमलेन्द्र निधि, रामशरण महत र मीनेन्द्र रिजाललाई जिम्मेवारी दिइसकेका छन् ।
राजपा र फोरमले यसअघिको छलफलमा प्रदेश २ को ८ सिटमा ५ सिट दाबी गरेका छन् । कांग्रेससँग तालमेल नगरे पनि राजपा र फोरम गठबन्धनले २ नम्बर प्रदेशमा ४ सिट जित्ने करिब निश्चित देखिएको छ । बहुमतीय पद्धतिबाट हुने निर्वाचनमा दुई सिट र एकल संक्रमणीयतर्फको निर्वाचनमा दुई सिट मधेसी गठबन्धनले जित्ने निश्चितजस्तै भएको छ ।