प्रभासको बिहेबारे यस्तो खुलासा

Newslaya Home

प्रभासको बिहेबारे यस्तो खुलासा

सोमबार ०८, माघ २०७४

काठमाडौं । बाहुबलीका अभिनेता प्रभास पछिल्लो दिनमा निक्कै चर्चामा छन् । 
कहिले फिल्म साहोलाई लिएर त कहिले विवाहका कारण उनि चर्चामा आउने गरेका छन् । स्रोतहरुका अनुसार बाहुबलीले यस वर्ष विवाह गर्न सक्ने छन् । 
तेलगू फिल्म उद्योगमा जमेका कलाकार कृष्णम राजू जो प्रभासका काका पनि हुन् । उनले प्रभासको विवाह बारे विशेष कुरा खुलासा गरेको समाचार भारतीय सञ्चारमाध्यमहरुमा आएका छन् । 
भारतीय सञ्चारमाध्यमहरु संग कुरा गर्दै कृष्णमले आफूलाई हरेक अन्तर्वार्तामा प्रभासले कहिले विहे गर्छन् भन्दै प्रश्न आउने गरेको भन्दै यसको जवाफ दिएका हुन् । 
उनका अनुसार प्रभासको यस वर्ष विवाह गर्ने तयारी रहेको छ । पारिवारीक रुपमा पनि विवाहको तयारी गरिएको तर फिल्मको सुटिङमा रहेका कारण प्रभासको विवाहको मिति तय नभएको उनको दाबी थियो । कृष्णमले प्रभाससँग विहे गर्ने युवतीबारे भने केही बताउन चाहेनन् ।
प्रभास फिल्म अहिले फिल्म साहोको शुटिङमा व्यस्त रहेका छन् । यस फिल्ममा उनका साथ श्रद्धा कपुर देखिने छिन् । साहो तेलगूसहित हिन्दी भाषामा पनि रिलिज हुने छ ।